एफपीओ अलर्ट : स्वरोजगारलाई बोर्डको स्वीकृति, १ हजारको शेयर १०० रुपैयाँमै पाइने
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.ले निष्कासन गर्न लागेको फर्दर पब्लिक अफरिङ्ग(एफपीओ)लाई नेपाल धितोपत्र बोर्ड(सेबोन) ले स्वीकृति दिएको छ ।
आइतबार सेबोनले स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.लाई एफपीओ निष्कासनका लागि स्वीकृति दिएको हो ।
प्रति इकाई रु.१०० का दरले १ लाख ९५ हजार ७७३ कित्ता कुल १ करोड ९५ लाख रुपैयाँ बराबरको एफपीओ स्वरोजगार लघुवित्त वित्तीय...