काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.ले निष्कासन गरेको एफपीओमा आवेदनको भारी वर्षा भएको छ ।
गत फागुन १८ गतेदेखि २१ गतेसम्म म्याद राखी निष्कासित भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.को एफपीओमा आवेदनको भारी वर्षा भएको हो ।
लघुवित्तले रु. १०० का दरले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओमार्फत् प्राथमिक बजारमा शेयर निष्कासन गरेकोमा कुल १८ लाख ८४ हजार ७१० आवेदकबाट २ करोड ३४ लाख ८७ हजार ८१० कित्ता माग गरिएको सिडिएस एण्ड क्लियरिङ्ग लि.ले जानकारी दिएको छ । एएफपीओमा लगानीकर्ताहरुले २ अर्ब ३४ करोड ८७ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
लघुवित्तको दोस्रो बजारमा प्रति कित्ता १ हजार रुपैयाँ आसपास खरिदबिक्री भइरहेको छ । एफपीओमा १०० रुपैयाँ १० कित्ताका लागि गरेको लगानी यदि बाँडफाँडमा प्राप्त गरेमा १० हजार रुपैयाँमा बिक्री गर्न सकिनेछ । अर्थात् लगानीकर्ताहरुले १ हजारको लगानी १० हजार सुनिश्चित छ । छोटो समयमै प्रति कित्ता रु.९०० मुनाफा हुनेछ । ९०० प्रतिशत रिटर्नका लागि आवेदनको भारी वर्षा भएको हो ।