सिनर्जी पावरले भन्यो ‘अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा गर्न सकिएन’
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
केही लगानीकर्ताले शेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध...