सेयर बजार क्रेज : डिम्याट खाता खोल्नेको लर्को

अर्थबिट ०५:५०:०० बजे

काठमाण्डौ। हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्।

 

सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ।

 

माघको अन्तिम सातासम्म डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार बढी छ । तर पछिल्लो समय   डिम्याट खाता खोल्नेको ग्राफ निकै उकालो लागेको छ।

 

केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससि०का अनुसार आज शुक्रबारसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४८ लाख ३० हजार चार सय ७५ पुगेको छ।

 

गत चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख थियो। पछिल्लो १० महिनामा डिम्याट खाता खोल्नेको संख्या थप १६ लाखले वृद्धि भएको छ। यो सँगै सेयर बजारमा नयाँ लगानीकर्ताको संख्यासमेत तीव्र रूपमा बढेको छ।

 

डिम्याट खाता खोल्नेको सङ्ख्या बढेसँगै शेयर बजारमा आवद्ध हुने जनसङ्ख्यामा समेत वृद्धि भएको छ। नेपालको कुल जनसङ्ख्याको आधारमा बुधबार सम्म १६.५० प्रतिशत जनता शेयर बजारमा आबद्ध भएका छन्। पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ।

 

यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन्।  यस्तो खाता दुईभन्दा बढी खोल्न भने अब पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।