नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत

अर्थबिट २०७८-१०-२४ १२:१६:०० बजे

काठमाण्डौ।नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य महतलाई दिएका हुन् ।

महत गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

यसअघिप्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हाल्दै आएका थिए । शर्मा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।