एभरेष्ट अस्पतालमै ग्याष्ट्रो लिभर सञ्चालन

अर्थबिट २०७८-१०-२६ ०९:१६:०० बजे

काठमाण्डौ।काठमाण्डौको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ग्याष्ट्रो लिभर सञ्चालनमा आएको छ ।

यो अस्पतालले दुई वर्षदेखि फाउण्डेशन सञ्चालनमा ल्याएर सेवा दिदै आएको छ ।

फाउन्डेशलले ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता रोगको उपचार गर्नुका साथै लिभरसँग सम्बन्धित हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार पनि गर्दै आएको फाउन्डेशनका अध्यक्ष तथा पेट तथा कलेजो रोग बिशेषज्ञ डा। अखिलेश कुमार कश्यपले बताए ।

सानो र ठूलो गरी मानिसका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ ।

डा। कश्यप र अवशेष भण्डारीले साँझ ५ बजेदेखि ७ बजेसम्म एभरेष्ट अस्पतालमा नै ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।