बैंकलाई ब्रोकर लाइसेन्स माग्न इन्भेष्टर्स फोरम धितोपत्र बोर्डमा, ४/१२ को सीमा हटाइने

अर्थबिट २०७८-११-१३ ०४:३७:०० बजे

Nepal Investors Forum

काठमाण्डौ। नेपाल इन्भेष्टर्स फोरम बैंकलाई ब्रोकर लाइसेन्स माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

आज शुक्रबार लगानीकर्ता संगठनमध्येका एक नेपाल इन्भेष्टर्स फोरम बैंकलाई ब्रोकर लाइसेन्स माग्न नेपाल इन्भेष्टर्स फोरमको धितोपत्र बोर्ड पुगेको हो ।

फोरमका अध्यक्ष तुलसीराम ढकालसहित गएको टोलीले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमाललाई बधाई तथा कार्यकालको शुभकामनासमेत दिएएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पूँजीबजारको सुधार तथा विस्तारका निम्ति सिफारिस गरेको ५८ बुँदे सुझावमध्येका थाती रहेको बैंकलाई ब्रोकर लाइसेन्स वितरणका लागि आग्रह गरेको ढकालको जिकिर छ ।

"नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अवलम्बन गरेको ४।१२ को सीमामा अर्थमन्त्री जनार्दन शर्माले केही समयअघि बोर्ड अध्यक्ष नियुक्ति भएसँगै अध्यक्षमार्फत् लबिङ गरी सो सीमा हटाइने वचनसमेत दिएकोमा म आशावादी छु",अध्यक्ष ढकालले अर्थबिटसँग भने,"पछिल्लो समय बढ्दो ब्याजदरसँगै लगानीकर्ताको लागत पनि बढिरहेकाले ब्रोकर कमिसनसमेत घटाइनुपर्ने हामीले माग गरेका र्छौँ । "

"बोर्ड अध्यक्ष हमालले काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भएको छ",फोरमका अध्यक्ष ढकाल भन्छन्,पूँजीबजारको विकास तथा विस्तारका लागि वहाँमा सकारात्मक ऊर्जा र जोश भएको हामीले पाएका र्छौँ ।" 

 

@माग्न हुनुपर्ने ठाउँमा अन्यथा भएकाले भूलसुधार गरिएको छ।- सम्पादक

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।