डिम्याट खाताको ग्राफ उक्लिदै, सेयर बजार गुल्जार

अर्थबिट २०७८-११-१६ १०:३७:०० बजे

काठमाण्डौ। डिम्याट खाताको ग्राफ ज्यामितीय दरमा उक्लिदै गएको छ । डिम्याट खाताको संख्या बढेसँगै सेयर बजार गुल्जार पनि गुल्जार हुँदै गएको देखिन्छ ।

हाल डिम्याट खाता खोल्ने संख्या ५० लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार डिम्याट खाताको संख्या ५० लाख ७ हजार २४२ पुगेको हो ।

बजार बुलिस ट्रेण्डमा गइरहेकाले पछिल्ला केही वर्षदेखि डिम्याट खाताको संख्या ज्यामितीय दरमा बढिरहेको छ । 

सेयर बजारको सचेतनासँगै आम नागरिकहरु पूँजीबजारको मूलधारमा प्रवेश गर्नु निकै सुखद पक्ष हो । धितोपत्र कारोबारका लागि सूचीकृत हुने कम्पनीहरुको संख्या पछिल्लो समय निकै बाक्लिएको छ । नयाँ कम्पनीहरुको पूँजीबजारमा प्रवेशसँगै प्राथमिक बजारमा निष्कासन गर्ने होडबाजीले प्राथमिक बजार गुल्जार त भएको छ नै डिम्याट खाताको संख्याको ग्राफ पनि निकै माथि लम्किरहेको देखिन्छ ।

केही वर्षअघि धितोपत्रको दोस्रो बजारमा दैनिक सक्रिय लगानीकर्ताको ५/६ हजारमै सीमित थियो तर सो संख्या पनि १२ लाख हाराहारी पुगिसकेको छ ।

प्राथमिक बजारमा आउने नयाँ कम्पनीका आइपीओले समेत हिजोआज धितोपत्र बजार गुल्जार भइरहेको जानकारहरुको ठम्याइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।