इमर्जिङ्ग नेपालको सेयर आगामी आइतबारदेखि कारोबार हुने

अर्थबिट २०७८-११-२० ०१:००:०० बजे

काठमाण्डौ। भर्खरै प्राथमिक सेयर निष्कासन गरेको इमर्जिङ्ग नेपालको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

इमर्जिङ्ग नेपालको कुल ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा आज स्वीकृत भई आगामी साता आइतबारदेखि कारोबार हुने भएको हो ।

आगामी साताको आइतबार बिहान स्पेशल प्रिओपन सेसन(१०ः३० देखि १०ः४५)मा उक्त कम्पनीको सेयर कारोबार भएमा नियमित कारोबार समयमा कारोबार हुनेछ ।नेप्सेले इमर्जिङ्ग नेपालको सेयर कारोबारका लागि दोस्रो बजारमा इएनएल कोड प्रदान गरेको छ । 

एक्सचेञ्जले इमर्जिङ्ग नेपालको लागि सुरुवाती मूल्य रु.१०५.११ देखि रु. ३१५.३३ सम्म तोकेको जनाएको छ ।अर्थात् आइतबार स्पेशल प्रिओपन सेसनमा इमर्जिङ्ग नेपालको पहिलो १० कित्ता कारोबार रु.१०५.११ देखि रु. ३१५.३३ सम्म हुनेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।