काठमाण्डौ।बलेफी हाइड्रोपावर लिमिटेडले आगामी चैत १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र २१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले आयोजना प्रभावितलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्काशन गरेको थियो ।