बुद्धनगर एग्रो फार्मको ५ करोड रुपैयाँ बराबरको आइपीओ आउँदै,नेपालको हकमा पहिलो कम्पनी

अर्थबिट २०७८-१२-१४ ०७:१०:०० बजे

काठमाण्डौ।बुद्धनगर एग्रो फार्म लिमिटेडको रु.१०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । 

आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत  सेवा अन्तर्गत बुटवल ११, मिलनचोेक, रुपन्देही, नेपालमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडको रु.१०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि  क्यापिटल  र बुद्धनगर एग्रो फार्म लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । 

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाइने बताइएको छ । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षीय सम्झौता भएको जानकारी दिएको छ । 

एनआईसी एशिया क्यापिटलले  ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।