काठमाण्डौ।हिजो शुक्रबारदेखि लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना सुरुवात गरेको छ ।
डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको बताइएको छ ।
हिजो गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआइबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआइबीएल एस क्यापिटलले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामर्श सेवामार्फत् नवीनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।
एनआइबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन,व्यवसायको सम्भाव्यता अध्ययन गर्ने,पूँजी संकलन गर्ने ,ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।