बीमा समितिद्वारा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा पुनः संसोधन

अर्थबिट २०७८-१२-२० ०४:३२:०० बजे

काठमाण्डौ।बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन गरेको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले केही महिना पहिले गरेको संशोधन पर्याप्त नभएपछि पुनः आवश्यक छलफल पश्चात दोस्रो पटक संशोधन गरी सुधारहरु गरेको हो । 

बीमा समितिको नयाँ व्यवस्था अनुसार कुनै पनि बीमा कम्पनीको अध्यक्ष तथा सञ्चलाकहरु दुई कार्यकाल भन्दा बढी समय पदमा रहेर काम गर्न पाउने छैनन् । बीमा समितिले बीमा कम्पनीहरुको नियमन प्रभावकारी बनाउन यसअघि केन्द्रीय बैंकले लागू गरेजस्तै नीति बीमा क्षेत्रमा पनि लागू गरेको बताइएको छ ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीका धेरै अध्यक्ष तथा सञ्चालकहरुको कार्यकाल नवीकरण हुने छैनन् । यसैगरी बीमक कम्पनीहरुले कूल मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।