इक्रा नेपालद्वारा २ कम्पनीलाई रेटिङ्ग प्रदान

अर्थबिट २०७८-१२-२० ०६:४२:०० बजे

काठमाण्डौ।इक्रा नेपालले २ कम्पनीलाई रेटिङ्ग प्रदान गरेको छ । 

इक्राले आइएमई लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकलाई रेटिङ्ग प्रदान गरेको हो । 

इक्राले आइएमई लिमिटेडलाई (इक्रा एनपी–आइआर)ए निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।

यसैबीच इक्रा रेटिङ्गबाट सांग्रिला डेभलपमेन्ट बैंकलाई (इक्राएनपी–आइआर)डबल बी पोजिटिभ रेटिङ्ग प्राप्त गरेको छ । यस किसिमको रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । 

उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालल स्पष्ट पारेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।