इजरायलमा सन् २०२१ मा विद्युतीय कारको बिक्रीमा पाँच गुणा वृद्धि

RSS २०७८-१२-२१ १४:३३:०० बजे

काठमाण्डौ।इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ । 

उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार ९३९ थियो जबकि सन् २०२० को अन्त्यमा यो सङ्ख्या दुई हजार ७८३ थियो ।

गत वर्षको अन्त्यमा ट्रक, बस र मोटरसाइकलसहित इजरायलमा कुल विद्युतीय सवारी साधनको सङ्ख्या १६ हजार २५१ थियो । यो वार्षिक वृद्धि दर सन् २०२० को अन्त्यमा अघिल्लो बर्षको तुलनामा चार हजार ४९१ अर्थात् ३६२ देखिएको थियो ।

इजरायलमा ‘हाइब्रिड’ गाडीको सङ्ख्या ३४ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । सन् २०२० को अन्त्यमा हाइब्रिड गाडीको सङ्ख्या २२ हजार ६६६ बाट २९ हजार ६४४ पुगेको थियो । 

सन् २०२० मा छ प्रतिशत गाडीले आफूलाई परिमार्जन गरी विद्युतीय स्वरूपमा परिवर्तन गरेका थिए जुन् सङ्ख्या सन् २०२१ मा राज्यको सबै खालका सवारी साधनमा ७.८ प्रतिशतले वृद्धि भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।