काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ।
साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।
यो संस्थाको विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको व्यहोरा समेत स्पष्ट पारिन्छ ।
साधारण सभाका मुख्य विषयहरू निम्न बमोजिम रहेका छन् स्
- संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ।
- आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।
- अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ।
- सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भयो।
साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय भयो ।
साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भयो।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनमा पनि कानुनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्र्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने प्रतिबद्धता पुनः दोर्होयाउँछ ।