बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थबिट २०७८-१२-२१ ०९:५३:०० बजे

काठमाण्डौ।बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । 

कम्पनीले चैत्र १६ गतेदेखि  सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

आइतबार साँझसम्म कम्पनीको साधारण सेयरमा झन्डै १३ गुणा बढीको आबेदन परेको छ। आइतबार ५ बजेर ३० मिनेट समयसम्ममा आइपीओमा १८ लाख ७० हजार ७०९ आवेदकबाट २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आबेदन परेको छ। यो भनेको झन्डै १२.७६ गुणाले बढी हो। 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।