काठमाण्डौ।चम्पादेवी मन्दिरसम्म केबलकार बन्ने भएको छ ।
चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले युरोपियन केबलकार डिजाइनमा केबलकार बनाउन लागेको हो ।
कम्पनीले उक्त केबुलकारको डिजाईन अस्ट्रियन कम्पनीबाट तयार गरेको जनाएको छ ।
कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गराइएको कम्पनीले बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको रहेको छ । केबुलकार वि.सं.२०७९ को अन्त्यमा शुरु गरेर वि.सं.२०८१ को अन्त्यमा निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
उक्त केबलकार कम्पनीले बिदेशी लगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । साथै बोसन गाउदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्सा अनुसार बिस्तारका लागि सम्बन्धित निकायहरुलाई अबिलम्ब आवश्यक पहल गरीदिन समेत आग्रह गरेको छ ।
कम्पनीले डाँडाहरु गरी करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । यो केबलकार परियोजना २०७६ बैशाख २ गते बसेको ७१औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ बैशाख ६ गते केबलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त गरेको थियो ।
कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट २०७६ बैशाख ६ गते नै कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु खरिद गर्ने काम सम्पन्न गरिएको पनि बताएको छ ।
उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको कम्पनीले दाबीसमेत गरेको छ । साथै कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम समेत भएको जनाएको छ ।