होटल फरेष्ट इनको शेयर बाँडफाँड

अर्थबिट २०८२-१०-१४ १२:४०:०० बजे

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले होटल फरेष्ट इन लिमिटेडको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड गरेको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा होटल फरेष्ट इन लिमिटेडको जारी पूँजीको १०% अर्थात रु.४ करोड रकम बराबरको रु.१०० अंकित दरको ४ लाख  कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त विवरणपत्र अनुसार शेयर बिक्रीको लागि मेरो शेयरको एप्लिकेशन मार्फत सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट खरिद आवेदन गर्न मिल्ने गरी माघ ४ गतेदेखि माघ ८ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको र उक्त निष्काशनको समयमा जम्मा ८१,७९७ जना आवेदकहरुबाट जम्मा १,२९३,०४० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुले विविध कारणबाट ६,६८९ जना आवेदकहरुबाट प्राप्त जम्मा १४७,२८० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेको ७५,१०८ जना आवेदकहरुबाट जम्मा ११,४५,७६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरुलाई आवश्यक  प्रशोधन गरी सोको बाँडफाँड देहाय बमोजिम गरिएको क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलका अनुसार शेयर खरिदका लागि प्राप्त आवेदनहरु मध्ये ९ जना आवेदकहरुले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदन मार्फत जम्मा १९० कित्ता शेयर खरिदको लागि आवेदन गरेको हुँदा उक्त आवेदनहरु रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरुलाई रद्द गरी जम्मा ७५,०९० जना आवेदकहरुलाई गोलाप्रर्थाको माध्यमबाट १० कित्ता शेयरका दरले जम्मा ४०,००० जना आवेदकहरुलाई ४ लाख कित्ता शेयर बाँडफाँड गरिएको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

साथै बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्काशन गरिएको शेयरको बाँडफाँडको नतिजा सडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np  तथा यस क्यापिटलको वेभसाईट www.nicasiacapital.com  बाट हेर्न सकिने व्यहोरा अनुरोध छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।