अब रियल टाइममा सेयर रोक्का फुकुवा, सेयर बजारमा तरलता बढ्ने

अर्थबिट २०७८-१२-३० ११:५३:०० बजे

काठमाण्डौ।अब रियल टाइममा सेयर रोक्का फुुकुवा हुने भएको छ ।

हाल सेयर धितो रोक्का तथा फुकुवा गर्न २ दिन समय लाग्दै गरेकोमा अब भने स्टक ब्रोकर कम्पनीबाट रियल टाइममा नै सेयर रोक्का फुकुवा हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सीइओ पूर्ण प्रसाद आचार्यले ढिलोमा साउन १ गतेसम्म रियल टाइममा नै धितोपत्रको रोक्का फुकुवा हुने व्यवस्था हुन लागेको जानकारी दिए । 

यसैगरी सिडिएससीले तयार पारेको आइटी पोलिसी धितोपत्र बोर्डसमक्ष पेश गरेको र बोर्डबाट स्वीकृत भएपछि स्टक ब्रोकर कम्पनीलाई एपीआईसमेत दिईने सीइओ आचार्यले बताए । न्यूतम शुल्कमा ब्रोकर कम्पनीहरुलाई एपीआई दिइसकेपछि आफ्ना ग्राहकहरुको होल्डिङ्ग पनि चेक गर्न सक्ने र क्लोजआउटको समस्या पनि रोकथाम हुने उनले बताए । “अहिले हामी युएटी गरिरहेका छौँ, हामी अन्तिम परीक्षणमा पनि छौँ । स्टक ब्रोकर कम्पनीहरुले पनि टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेसँगै वहाँहरुको माग भएकाले हामीले एपीआई दिन गइरहेका र्छौँ”,उनले अर्थबिटसँग भने । 

रियल टाइममा धितोपत्र रोक्का तथा फुकुवा भएको खण्डमा बजार थप तरल हुने जानकार बताउँछन् । दैनिक करिब ६० लाख रुपैयाँ जति तरलता थपिने जानकारहरुको दाबीसमेत छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।