आगामी बैशाख १३ गतेदेखि दोर्दीखोला जलविद्युतको आइपीओ निष्कासन हुने

अर्थबिट २०७९-०१-०५ १०:०९:०० बजे

काठमाण्डौ।दोर्दीखोला जलविद्युत कम्पनीले आगामी बैशाख १३ गतेदेखि आयोजना प्रभावितलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१देखि ८ वडा)का स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीद्वारा स्थानीयका लागि १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर छुट्याइएको छ । आवेदन दिंदा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि दिन सक्ने छन् । 

कम्पनीको आईपीओमा छिटोमा बैशाख २७ गतेसम्म  र सो समयसम्ममा पुरै आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी जेठ १ गतेबाट बिजुली सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।