काठमाण्डौ।भोलि बिर्तामोडमा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले भोलि शुक्रबार बिर्तामोडमा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
भोलि शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टर(पार्टी प्यालेस)मा दिउँसो २ बजेदेखि सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुन गइरहेको सुमेरु सेक्युुरिटीजले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कामु प्रबन्धक निरन्जन फुयाँल,गरिमा क्यापिटका सीइओ निर्मल भट्टराई र चर्चित प्राविधिक विश्लेषक अतितलाल श्रेष्ठलगायतको सहभागिता हुने बताइएको छ।
सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा २०० जनाको उपस्थित हुने आयोजक सुमेरु सेक्युरिटीजको अपेक्षा छ ।