सञ्चालन मुनाफामा चन्द्रागिरी हिल्सको छलाङ्ग

अर्थबिट २०७९-०१-१६ १०:३२:०० बजे

काठमाण्डौ।चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन मुनाफा डेढ गुणा बढाएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय  सार्वजनिक गरेको विवरणमा चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन मुनाफा झण्डै डेढ गुणा(१४१.२४ प्रतिशत) बढाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४१.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको कम्पनीले जनाएको छ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।