काठमाण्डौ।बीमा क्षेत्रमा बीमा कम्पनीहरु धेरै भएपनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।
बीमा समितिको आयोजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बीमा कम्पनीहरु धेरै भएपनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको बताएका हुन् ।
कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउँदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पूँजी बृद्धिको निर्णय भएको बताए ।