काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत २ कम्पनीका बोनस सेयर सूचीकृत भएका छन् ।
आज सोमबार नेप्सेमा १३ लाख कित्ता बढी सेयर सूचीकृत भएको हो। नेप्सेमा २ कम्पनीको गरि कुल १३ लाख २ हजार ९ सय ६४ दशमलव ३२ कित्ता सेयर सूचीकृत भएको छ ।
आज हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस सेयर र समता घरेलु लघुवित्तको २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।