काठमाण्डौ।रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १२ लाख कित्ता सेियर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको जनाएको छ ।