‘रुख जङ्गलमा सूर्य गाउँ सहरमा’ : केपी ओली

सरिता तामाङ्ग २०७९-०१-२५ ०८:४४:०० बजे

धरान।पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले गठबन्धनको रुख अब जङ्गलमा हुने र सूर्य चिन्ह गाउँ सहरमा हुने बताएका छन् । 

शनिबार धरानको भानुचोकमा नेकपा एमालेको  धरान नगरले आयोजना गरेको चुनावी बृहत आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।यस्तै ओलीले धरानका २० वटा वडामा एमालेको जीत सुनिश्चित रहेको दाबी समेत गरे।

महिला, बालबालिका, किसान, मजदुर र अपाङ अशक्त सबैलाई एमाले समेटेको हुनाले एक मजबुत पार्टी एमालाई भोट हाली जिताउन ओलीले आग्रह गरे । 

उता इटहरीको आमसभालाई पनि सम्बोधन गर्दै टाला टुली बाटुली भन्दै  गठबन्धनको लोगो नभएको फेसबुकमा फोटो मात्र राखेको भन्दै ओलीले खिल्ली उडाएका थिए।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।