एनआईसी एशिया क्यापिटलले ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनीलाई ‘आइडिया टू आइपीओ’ सेवा दिने

अर्थबिट २०७९-०२-०५ ०६:१०:०० बजे

काठमाण्डौ।एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको क्यापिटलले जानकारी दिएको हो ।  

क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आइपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आइपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आइपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ । 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।