काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

अर्थबिट २०७९-०२-११ १२:१३:०० बजे

काठमाण्डौ।काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् ।

मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाण्डौ महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौँ महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौँ महानगरपालिकामा काँग्रेस र एमालेको बलियो सङ्गठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यसैगरी उप मेयरमा भने एमालेकी सुनिता डङ्गोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।