स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला

RSS २०७९-०२-१३ ०९:२३:०० बजे

काठमाण्डौ।बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु आजदेखि सर्वसाधारणका लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो । अब कोरोना महामारी कम भएको छ, त्यसैले भक्तपुर तलेजु साढे दुई वर्षपछि आजदेखि सर्वसाधारण तथा दर्शनार्थीका लागि खुला गरेका छौँ ।”

यहाँको स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायतका ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलेसमेत आजदेखि प्रवेश पाएको उहाँले बताउनुभयो । 

पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले तलेजु खोल्न सम्बन्धित निकायलाई आफूले पनि पहल गरेको बताउँदै अब खुला भएपछि सबैलाई सहज भएको बताउनुभयो । 

उहाँले तलेजुभित्र केही मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेकाले खोल्न केही विलम्ब भएपछि अब सर्वसाधारणदेखि विदेशी नागरिकलेसमेत प्रवेश पाउने गरी खुला भएको बताउनुभयो । कोरोना महामारीका कारण तलेजुमा विगत दुई वर्ष दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजासमेत बन्द गरेर औपचारिक पूजा मात्रै गरिएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।