सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीको व्यवस्था हटाउन माग

RSS १५:०८:०० बजे

काठमाण्डौ।विभिन्न व्यापार सङ्घले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका छन् । राष्ट्रिय व्यापार सङ्घ, नेपाल व्यापार सङ्घ, एकता व्यापार सङ्घ, रञ्जना व्यापार सङ्घ, आरबी कम्प्लेक्स व्यापार सङ्घ, भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता सङ्घले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।

नेपाल व्यापार सङ्घका महासचिव वैकुण्ठ दाहालले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीपश्चात् मात्र सामान ढुवानी गर्ने एकतर्फी निर्णय अव्यावहारिक भएको बताउनुभयो । “उक्त निर्णय व्यावसायिक मूल्यमान्यताविपरीत छ, यसलाई तत्काल सच्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले व्यावसायिक मूल्यमान्यताविपरीत र ढुवानीको प्रचलित कानूनविपरीतको कार्य भएको हुँदा यसलाई तुरुन्त सच्याएर व्यावहारिक निर्णय गरी व्यावसायिक वातावरण सहज र सरल बनाउन आग्रह गर्नुभयो । यस्तै व्यापार सङ्घले आफ्नो संस्थामा आबद्ध व्यवसायीलाई समस्या समाधान नहुञ्जेलसम्म आफ्नो सामान ट्रान्सपोर्टमा नपठाउन अनुरोध गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।