डुलुवाको टोली भारत भ्रमणमा

शिरीष ढकाल २०७९-०२-२३ १५:००:०० बजे

पोखरा।डुलुवा समुहको टोली पोखरादेखि भारत भ्रमणका लागि प्रस्थान गरेको छ । ‘राइड एण्ड ग्लाइड’ नाम दिईएको यस यात्रामा प्याराग्लाइडिङ व्यवसाय तथा अन्य पर्यटन उद्यमी गरी १९ जनाको उक्त टोली भारतको अमृतसार, कस्मिर, कर्गिल, ले लदाख , मनाली, सिम्ला, देहेरादुन, नैनीताल लगाएतका विभिन्न ठाउँहरु भ्रमण गरी फर्किने जनाईएको छ ।  

भारतीय बजार माझ नेपालको पर्यटनलाई प्रवध्र्रन गर्ने तथा नेपाल भारत सम्वन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ उक्त टोलीले भारतका विभिन्न ठाँऊहरुमा सम्वन्धित सरोकारवालाहरु संग सहकार्य गरेर पत्रकार भेटघाट कार्यक्रम गरी नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचार गरिने कुरा उक्त टोलीले  पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

सन् २००८ देखी नै नेपालका विभिन्न ठाउँहरुमा घुम्दै आईरहेको यस टोली पहिलो पटक भारत भ्रमणमा हिँडेको हो । योगेस भट्टराईको नेतृत्वमा हिँडेको उक्त टोलीमा १९ जना सहभागी, ४ ओटा जिपमा, २१ दिन सम्म यात्रामा रहने बताईएको छ । 

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेश बहादुर भट्टराईले उक्त टोलीलाई शुभकामना दिँदै भने; “हाम्रा बाउ बाजेहरु तीर्थ–यात्राको नाममा हिँडरै घुमफिर गर्ने गरेका थिए । तर, अहिले हामी यातायातको सहज पँहुच हँुदा पनि हामी घुमफिर गर्न खोज्दैनौँ ।” नेपालीहरुमा घुमफिर गर्ने प्रचलन कम रहेको र यो प्रचलनलाई अझै बढाउन पर्ने कुरामा उनि जोड दिन्छन् । 

“डुलुवा भनेको एउटा सिकाई हो”; उनले थपे । एन्थ्रोपोलोजिस्टहरु टाढा–टाढा देखि आएर नेपालका मनाङ, मुस्ताङ, डोल्पा लगाएतका ठाँऊहरु पुग्ने गरेको तर हामीमा भने यसमा रुचि नभएकोमा उनले असन्टुष्टि जनाए ।

डुलुवा टोलीको यो भ्रमणमा नेपालको पर्यटाको ठूलो प्रचार प्रसार हुनेमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई आशावादी रहेका छन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।