काठमाण्डौ। राधा पोखरेलले पूँजीबजार लगानीकर्ता संघको छलफल पश्चात् अर्थमन्त्रालयले सुझाव समिति गठन गरेको दाबी गरेकी छिन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पूँजीबजार लगानीकर्ता संघको छलफल पश्चात् अर्थमन्त्रालयमा बजारको समस्या समाधान गर्नलाई सुझाव समिति गठन भएको दाबी गरेकी हुन् ।
पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले हिजो मंगलबार राष्ट्र बैंकसँग आफ्नो संघले छलफल गरेपछि सेयर बजारका समस्या समाधान गर्नलाई सुझाव समिति गठन भएको उनले आफ्नो आधारिक फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।
गत आइतबार पोखरेल सेयर बजारको समस्याको पोको बोकेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएपछि तत्कालै प्रधानमन्त्री देउवाले समस्या समाधान गर्न राष्ट्र बैंकका गभर्नरलाई निर्देशनसमेत दिएका थिए ।
सक्रिय लगानीकर्ता तथा नेताको छवि बनाएकी पोखरेल यसअघि पनि पूँजीबजारमा भएका व्याप्त समस्या र बेथितिविरुद्ध सम्बन्धित विभिन्न निकायका ढोकाहरु ढक्ढक्याउँदै पुग्थिन् ।