दोर्दीखोला जलविद्युत कम्पनीको आइपीओ आजदेखि खुला

अर्थबिट २०७९-०२-२६ १०:५१:०० बजे

काठमाण्डौ।दोर्दीखोला जलविद्युत कम्पनीले आज जेठ २६ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।  बाँकी रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनीको निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  लगानीकर्ताले जेठ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।