काठमाण्डौ।धितोपत्र बजारमा आवद्ध स्टक ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स असोसिएसनले फुटसल आयोजना गर्ने भएको छ ।
भोलि शनिबार र आइतबार तथा असार ४ र ५ गते ब्रोकर्स असोसिएसनले फुटसल आयोजना गर्न लागेको हो ।
फुटसल नकआउट प्रतियोगिता आधारमा आयोजना गरिने खेलमा कुल ३६ टिम सहभागी हुने बताइएको छ । प्रतियोगितामा धितोपत्र बजारमा आवद्ध नियामक निकायहरु,क्रेडिट एजेन्सी,मर्चेन्ट बैंक,ब्रोकर कम्पनी लगायतको सहभागिता हुनेछ ।
फुटसल प्रतियोगितामा मुख्य विजयी टिमलाई नगद रु.५० हजार,सहविजेता टिमलाई रु.३० हजार ट्रफी,मेडल र प्रमाणपत्र दिइनेछ । खेलमा सहभागी उत्कृष्ट खेलाडीलाई रु.५ हजार,सर्वाधिक गोलकर्तालाई रु.५ हजार र उत्कृष्ट गोलरक्षकलाई रु.५ हजार राशि बराबरको नगद तथा ट्रफी ,गिफ्ट ह्याम्परले पुरस्कृत गरिनेछ ।