श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु

RSS २०७९-०३-०२ १४:३५:०० बजे

काठमाण्डौ।निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । 

कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ । जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल पाँच जहाजमार्फत देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।