माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलले गर्ने

अर्थबिट २०७९-०३-०६ ०७:३२:०० बजे

काठमाण्डौ।प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । 

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । 

 यसैगरी प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्ने सम्झौता गरेको हो । सम्झौतामा माइ खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकालीले हस्ताक्षर गरे । 

यसैगरी आजै प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेड बीच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।