आउँदो असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरको आइपीओ निष्काशन हुने

अर्थबिट २०७९-०३-०७ १०:३५:०० बजे

काठमाण्डौ।आउँदो असार १५ गतेदेखि हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जसमध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।  बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको निष्काशनमा लगानीकर्ताले असर १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल  बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।