काठमाण्डौ।अब प्राथमिक शेयर निष्काशनमा स्थानीयले अनलाइनबाटै आवेदन दिन मिल्ने भएको छ ।
प्रभु क्यापिटलले नेपालमै पहिलोपटक प्रभावित क्षेत्रका स्थानीयलाई खुलेको आइपीओमा अनलाइन माध्यमबाटै आवेदन दिन मिल्ने भएको हो ।
प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत(सीओओ) कृष्ण गिरीले लोकल(स्थानीय )का लागि खुलेका आइपीओमा क्यापिटलको वेबसाइटबाट आवेदन दिन मिल्ने व्यवस्थाको सुरुवात गरेको जानकारी दिए ।‘हामीले रिभर फल्सको आइपीओबाट सुरुवात गर्ने योजना बनाएका थियौँ तर सुरुवात भने पिपुल्स पावरको लोकल आइपीओटबाट गरेका छौँ ।’,उनले अर्थबिटसँग भने,‘हामीले नेपालमा नै पहिलोपटक स्थानीय प्रभावितका लागि खुलेको आइपीओमा अनलाइन आवेदन दिन सुरुवात गरेका छौँ।’
यससँगै अब संसारको जुनसुकै स्थानबाटै अनलाइनमा यो आइपीओमा निवेदन दिन सकिनेछ ।
पिपुल्स पावर लिमिटेडका अनुसार निष्काशन बन्द छिटोमा असार २२ गते र ढिलोमा साउन ५ गते रहने जनाएको छ । दरखास्त दिँदा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता शेयरका लागि दिनुपर्ने बताइएको छ ।
पिपल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिका, वार्ड नं.१ र ४ मा अवस्थित पुवा खोलामा पुवा–२ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनको अन्तिम चरणमा रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सम्पूर्ण इलामबासीका लागि प्राथमिक शेयर निष्काशन गरिरहेको छ ।