काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई बिगतमा प्रदान गरेको रेटिङ्गलाई [ICRANP-IR] B मा डाउनग्रेड गरेको छ ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिने इक्रा नेपालले जनाएको छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले प्रष्ट्याएको छ ।
गत जेठ १० गते नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अनुमति पाइसकेको छ । स्थानीय तथा सर्वसाधारणका लागि कुल २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल रहेको छ ।