काठमाण्डौ।हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याईएको छ । बाँकी १८ लाख ३० हजार ४ सय ७९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको निष्काशनमा लगानीकर्ताले असार १९ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमइ क्यापिटल रहेको छ।
कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको छ ।