आउँदो आइतबारदेखि टीएमएसमा बिक्रीतर्फको एओएन पनि हट्यो,सेबोन र नेप्सेको एक निर्णयले ब्रोकर मालामाल

अर्थबिट २०७९-०३-१६ ०९:३६:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम(टीएमएस)मा बिक्री तर्फको एओएन पनि हटाउने निर्णय गरेको छ  । 

नेप्सेले आउँदो असार १९ गते आइतबारदेखि लागू हुने गरी शेयर कारोबार टीएमएसमा रहेको बिक्री तर्फको एओएन अप्सन  बन्द गर्ने भएको हो । 

नेप्सेले यसअघि नै टीएमएसमा खरिदतर्फ एओएन फिचर बन्द गरिसकेको छ र आउँदो आइतबारदेखि भने बिक्रीतर्फको एओएन फिचरसमेत हटाउने निर्णय गरेको जनाएको छ । 

एओएन अर्थात् अल अर नन् को व्यवस्थामा खरिदकर्ता वा बिक्रीकर्ताले एकमुष्ट सम्पूर्ण शेयर बिक्री गर्नसक्ने व्यवस्था वा फिचर हो ।  

एकाध लगानीकर्ताहरुको चलख्याईँलाई निस्तेज पार्न नेपाल धितोपत्र बोर्ड र नेप्सेले आम लगानीकर्ताहरुको अधिकारमाथि नै अंकुश लगाइएको जानकारहरु बताउँछन् । यस व्यवस्थाले संस्थागत लगानीकर्ताहरुलाई ठूलो मात्रामा शेयर खरिद गर्नसक्ने व्यवस्थामा असर पर्ने जानकारहरको दाबी छ ।

शेयर खण्डित भएपछि सिलिङ्गमा रहेको ब्रोकर कमिसन पनि लगानीकर्ताहरुलाई अधिक पर्न जाने तर ब्रोकरहरुलाई कमिसनको मात्रा बढ्ने देखिन्छ ।यसैगरी लगानीकर्ताहरुले चाहेको मात्रामा शेयर खरिदबिक्री एकैपटक नहुँदा खण्डित हुने र पुनः बिक्री गर्दा डीपी शुल्कको लागत पनि बढ्नेछ । यसबाट ५० वटै ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले प्रत्यक्ष फाइदा पुर्याउने निर्णय गरेको देखिन्छ ।

यद्यपि यस विषयमा पछिल्लो समय एओएन फिचर हटाउन नहुने भन्दै कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालमा विरोध गर्दै आइरहेका छन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।