काठमाण्डौ।राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गर्दा बिक्री नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।
सर्वसाधारणलाई निष्काशन गरिने २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले साउन १ गतेसम्म आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशनकर्ता तथा बिक्री प्रबन्धका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ।
कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।