हिमालय रिइन्स्योरेन्स र सगरमाथा जलविद्युत कम्पनीलाई इक्रा नेपालद्वारा क्रेडिट रेटिङ्ग प्रदान

अर्थबिट २०७९-०३-२२ १०:०१:०० बजे

काठमाण्डौ।इक्रा नेपालले हिमालय रिइन्स्योरेन्स लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । 

इक्रालेहिमालय रिइन्स्योरेन्स लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो । 

इक्राले हिमालय रिइन्स्योरेन्स लिमिटेडलाई (इक्रा एनपी–आइआर)‘ए’ माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व

पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् र यस्ता संस्थाहरुमा न्यून क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।

यसैगरी इक्राले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडलाई (इक्रा एनपी–आइआर)ट्रीपल‘बी’ निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । 

उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।