राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित

RSS २०७९-०३-२२ ०९:१७:०० बजे

काठमाण्डौ।काठमाण्डौ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । कामपामा आज भएको नगरसभा ११औँ अधिवेशनको पाचौँँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक, २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम पेश भएपछि यही असार २४ गते यसका विषयमा छलफल हुने बताइएको छ । 

प्रस्तावका विषयमा नगरसभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो । यही असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ । 

यही असार १० गते सम्पन्न सभाको बैठकमा कामपा उपप्रमुख सुनिता डङ्गोलले आर्थिक वर्ष २०७९/०८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार  अनुमानित बजेट पेश गर्नुभएको थियो । बैठकको अध्यक्षता कामपाका प्रमुख बालेन्द्र साहले गर्नुभएको थियो ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।