अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आजदेखि आवेदन दिन सकिने

अर्थबिट २०७९-०३-२४ १०:३८:०० बजे

काठमाण्डौ। अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर रु. १ सय अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषमा बाँडफाँड नै सकिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । 

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारस्थित सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट थप ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट जम्मा १४।९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।