आागामी साउन १८ गतेदेखि ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशन गर्ने

अर्थबिट २०७९-०४-०१ १०:३४:०० बजे

काठमाण्डौ।ङादी ग्रुप पावर लिमिटेडले आगामी साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१ं.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

उक्त हकप्रद शेयर निष्काशनमा लगानीकर्ताहरुले भदौ ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।   कम्पनीले हकप्रद निष्काशनका लागि गत असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  

हकप्रद शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।