मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि आइपीओ निष्काशन गर्ने

अर्थबिट २०७९-०४-०१ १०:४८:०० बजे

काठमाण्डौ।मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आउँदो साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको प्राथमिक शेयर निष्काशनमा लगानीकर्ताले साउन १३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

बिओके क्यापिटल शेयर निष्काशनको लागि बिक्री प्रबन्धकका रुपमा रहेको छ । 

कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरी २०७४ मङ्सिरदेखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ८३ करोड १० लाख १२ हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।