काठमाण्डौ।श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका निम्ति २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ ।
कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी.न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ ।
शेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकका रुपमा रहेको छ ।