काठमाण्डौ।राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ।
आज सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।